डुडुवामा सामाजिक सुरक्षा भत्ता वितरण
डुडुवामा सामाजिक सुरक्षा भत्ता वितरण

डुडुवा (बाँके), २३ साउन । बाँकेको डुडुवा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण शुरु गरेको छ । आर्थिक वर्ष २०७४/०७५ को तेस्रो चौमासिक अन्तर्गत् चैतदेखि असारसम्मको भत्ता वितरण गर्न थालिएको हो । असारमै वितरण गर्नुपर्ने सामाजिक सुरक्षा भत्ता नयाँ आर्थिक वर्षको बजेट निर्माण गर्ने क्रममा ढिला भएर अहिले वितरण गर्न थालिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको ६ वटै वडामा मंगलबारदेखि भत्ता वितरण शुरु गरिएको छ । गाउँपालिकाको ६ वटै वडामा बालबालिकासहित...

जनप्रतिनिधिलाई कानुन, सुशासन र सूचनाको हकबारे अभिमुखीकरण

डुडुवा (बाँके), २९ असार । डुडुवा गाउँपालिकाका जनप्रतिनिधिहरुलाई आधारभूत कानुन, सुशासन र सूचनाको हकका बारेमा आज अभिमुखीकरण गरिएको छ । गाउँपालिकाको सहयोगमा नेपाल डेमोक्रयाटिक लयर्स एशोसिएशन नेपालगन्जले आयोजना गरेको अभिमुखीकरणमा स्थानीय तहमा आवश्यक पर्ने आधारभूत कानुन तथा सुशासन र सूचनाको हक बारेमा जानकारी गराइएको हो । अभिमुखीकरणको उद्घाटन समारोहमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद रेग्मीले पहिलोपटक अधिकारसहितको स्थानीय तह स्थापनाले कानुनी जटिलता बढी भएकाले आधारभूत कानुनका विषयमा सबैलाई थाहा...

डुडुवाको विषयगत समितिद्वारा बजेट विनियोजन कार्यान्वयनका लागि सिफारिस

डुडुवा (बाँके), २० असार । डुडुवा गाउँपालिकाले नयाँ आर्थिक वर्ष ०७५/०७६ को बजेटका लागि विषयगत समितिबाट विकास बजेटतर्फको रकम विनियोजन गरी सिफारिस गरेको छ । विभिन्न ६ वटा विषयगत समितिहरुको छुट्टाछुट्टै आज बुधबार बसेको बैठकले रु. ९ करोड २८ लाख ३२ हजारको प्रस्तावित बजेट विनियोजन गरेको हो । त्यस अन्तर्गत् पुर्वाधार विकासतर्फ रु. ४ करोड २० लाख ३२ हजार, आर्थिक विकासतर्फ रु. १ करोड ५० लाख, सामाजिक विकासतर्फ रु. २...

बाँकेमा सर्पदंशको बिगबिगी, यो बर्ष मात्रै ९ जनाले ज्यान गुमाए

नेपालगन्ज, २० असार । सर्पले टोकर यो बर्ष मात्रै बाँकेमा ९ जनाको मृत्यु भएको छ । गत बर्ष २ जनाको मात्रै मृत्यु भएकोमा यो बर्ष बढेर ९ पुगेको भेरी अञ्चल अस्पताल नेपालगन्जले जनाएको छ । बर्षा शुरु भएयता दैनिक ८–१० जना सर्पले टोकेका विरामी आउने गरेको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. कृष्णप्रसाद आचार्यले बताउनुभयो । ढिला गरी उपचारमा आउने गरेका कारण मृत्यु हुनेको संख्या बढेको अस्पतालले जनाएको छ । भेरी...

डुडुवाका बाढीपीडितका लागि अश्रय स्थल, अग्नीपिडितलाई नगद राहत वितरण

डुडुवा (बाँके), १३ असार । डुडुवा गाउँपालिकाको वडा नं. १ मा बाढीपीडितका लागि दुई वटा आश्रय स्थलको निर्माण शुरु गरिएको छ । बर्षेनी बाढीबाट पीडित उक्त क्षेत्रका नागरिकहरुका लागि उचित आश्रयका लागि दुई वटा भवन निर्माण गर्न लागिएको गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो । उहाँका अनुसार होलियाको छिटाईपुर्वा र चौफेरी पाँजामा रु. ५ लाखका दरले दुई वटा भवन निर्माण थालिएको हो । राप्ती नदीको बाढी तथा ढुबानले सो क्षेत्रका...

आर्थिक वर्ष ०७५/०७६ को नीति तथा कार्यक्रम सार्वजनिक

डुडुवा (बाँके), १० असार । डुडुवा गाउँपालिकाको तेस्रो गाउँसभाले नयाँ आर्थिक वर्ष ०७५/०७६ को नीति तथा कार्यक्रम आइतबार सार्वजनिक गरेको छ । गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीले ११ वटा शिर्षक अन्र्तगत शिक्षा, स्वास्थ्य, कृषि, पशु, वन बाताबरण, समुदायको विकास, भौतिक पुर्वाधार, सडक, नाला, खानेपानीका योजना, रोजगारी, सरसफाई ढल निकास, विपत व्यवस्थापन, सुशासन कार्यक्रम लगायतको कार्यक्रम प्रस्तुत गरेका हुन । नीति तथा कार्यक्रममा गाउँपालिकामा गत आर्थिक वर्षमा संचालित विभिन्न अभियानको प्रभावकारिता र दिगोपनाका लागि...

डुडुवा पुर्णखोप सुनिश्चित गाउँपालिका घोषणा

डुडुवागाऊपालिका(नेपालगन्ज),९ असार। बाँकेको डुडुवा गाउँपालिकालाई शनिबार पुर्णखोप सुनिश्चित गाउँपालिका घोषणा भएको छ । एक समारोहका विच जिल्ला समन्वय समिति बाँकेका संयोजक अजयकुमार श्रीवास्तवले सो घोषणा गरेका हुन । उनले बालबालिकाहरुका लागि खोप अमृत भएकाले यसलाई कहिलै पनि छुटाउन नहुने बताउदै खोप कार्यक्रमलाई सफल बनाउनमा महिला स्वास्थ्य स्वयम्सेविकाको प्रमुख दायित्व भएकाले उनीहरुको सम्मान र जनसेवा नै पारिश्रमिक भएको बताउदै उनीहरुको मेहन र समाजसेवाको स्थानीय सरकारले उच्च कदर गर्नुपर्नेमा जोड दिए । गाउँपालिका अध्यक्ष...

विश्व रक्तदाता दिवस, डुडुवाद्वारा बृहत रक्तदान

नेपालगन्ज, ३१ जेठ । आज विश्व रक्तदाता दिवस विभिन्न कार्यक्रम गरी बाँकेमा पनि मनाइएको छ । बाँकेको डुडुवा गाउँपालिकाले आज विशेष कार्यक्रम गरी दिवस मनाएको छ । गाउँपालिकाको वडा नं. २ को कार्यालय बेतहनीमा गरिएको बृहत रक्तदान कार्यक्रममा ६२ जनाले रक्तदान गरेका छन् । वडाध्यक्षद्वय गजेन्द्र कैराँती र मोहनराम मिश्र, गोपीनाथ बैश्य, शसस्त्र प्रहरीका इन्सपेक्टर गंगाराम भट्ट, गाउँपालिकाका कर्मचारी कौशलकुमार कैराँती, इन्जिनियर तेजराज खड्का, पत्रकार पवन जयसवाल लगायत जनप्रतिनिधि,...

डुडुवा गाऊँपालिकामा घुम्ती शिविर संचालन

नेपालगन्ज,२७ जेठ । बाँकेको डुडुवा गाउँपालिकाले गाउँ घरमा सेवा पुर्याउने उद्देश्यले घुम्ती सेवा शुरु गरेको छ। गाउँपालिकाको प्रथम गाउँसभाबाट पारित गाउँमा पुगेर घुम्ती सेवा संचालन गर्ने नीति अनुसार वडा नम्बर ५ बाट आज आईतबार सेवा शुरु गरिएको हो । घुम्ती सेवामा व्यक्तिगत घटना दर्ता, मालपोत कर असुली, नागरिकता लगायत विभिन्न सिफारिस, जन्म, विवाह, मृत्यु, बसाईसराई लगायतका सम्पूर्ण सेवाहरु प्रदान गरिदैछ । ५ नम्बर वडा अन्तर्गत् जबदहवा गाउँमा आजदेखि दुई...

डुडुवा गाउँपालिकामा एक सातादेखि फैलिएको भ्यागुते रोगको महामारी नियन्त्रणमा

नेपालगञ्ज, २० जेठ  । बाँकेको डुडुवा गाउँपालिकामा एक सातादेखि पशु चौपायाहरुमा फैलिएको भ्यागुते रोग (घटरुवा) को महामारी नियन्त्रणमा आएको छ । गाउँपालिकाको वडा नम्बर २ बेतहनी र वडा नम्बर ४ कम्दीका किसानले पालेका पशुहरुमा विगत एक सातादेखि रोगको महामारी देखिएको हो । रोगको संक्रमणले अहिलेसम्म ६ वटा पशुचौपाया मरेका छन् भने करिब ३०० पशु विरामी परेका छन् । भ्याक्सिन नदिइएका बाहिरबाट खरिद गरी ल्याइएका पशु तथा रोगी पशु मरेपछि गाउँ...