कर्णाली प्रदेशमा खाद्यान्न अपुग हुँदै
कर्णाली प्रदेशमा खाद्यान्न अपुग हुँदै

सुर्खेत, २८ साउन ।गत आर्थिक वर्ष २०७४÷०७५ मा कर्णाली प्रदेशमा १८ हजार मेट्रिक टन खाद्यान्न अपुग भएको पाइएको छ । कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहरकारी मन्त्रालयले दिएको तथ्याङ्कले गत वर्ष मात्रै कर्णालीलाई १८ हजार ४०७ मेट्रिक टन खाद्यान्न अपुग भएको देखाउँदछ । तथ्याङ्कअनुसार यस प्रदेशका रुकुम, सल्यान र सुर्खेतबाहेक अन्य सातवटै जिल्लामा वार्षिक खाद्यान्न अपुग हुने गरेको मन्त्रालयका प्राविधिक सहायक दीपेन्द्र श्रीवास्तवले जानकारी दिनुभयो । “आव ०७४÷०७५ रुकुमले...

कर्णाली स्वास्थ्य प्रतिष्ठान घटनाको छानबिन गर्न कार्यदल गठन

सुर्खेत, २७ साउन। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा यही साउन ३ गते भएको घटनाको सत्यतथ्य छानबिन गर्नका लागि तीन सदस्यीय कार्यदल गठन गरिएको छ । कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले कार्यदल गठन गर्ने निर्णय गरेको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव कलानिधि पौडेलको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरिएको हो । गठित कार्यदलमा आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव भक्तबहादुर कार्की र सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख बृर्षबहादुर...

स्त्रीरोग विशेषज्ञ डा. पूर्णिमा राईलाई कारवाहीको लागी सिफारिश
स्त्रीरोग विशेषज्ञ डा. पूर्णिमा राईलाई कारवाहीको लागी सिफारिश

जाजरकोट, २६ साउन। महिना बित्नु अगावै हाजिर गरेर बेपत्ता हुने चिकित्सकलाई स्थानीय प्रशासनले कारवाहीका लागि सिफारिश गरेको छ । जाजरकोट जिल्ला अस्पतालमा कार्यरत स्त्रीरोग विशेषज्ञ डा पूर्णिमा राईले साउनभरिको हाजिर गरेर जिल्ला छाडेको समाचार प्रकाशित भएपछि उहाँलाई कारवाही प्रक्रिया अघि बढाएको हो । सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खतिवडाको नेतृत्वमा उक्त अस्पतालमा गरेको छड्के अनुगमनमा अस्पताल प्रमुखलाई जानकारी नै नदिइ हाजिर कापीमा साउनभरिको हाजिर जनाई नेपालगञ्ज गएको पाइएकाले निजलाई स्वास्थ्य सेवा...

झोलङ्गे पुल नहुँदा जोखिमपूर्ण यात्रा गर्न बाध्य
झोलङ्गे पुल नहुँदा जोखिमपूर्ण यात्रा गर्न बाध्य

बाँके,२३ साउन । झोलुङ्गे पुल नहुँदा पश्चिम सल्यानको बनगाड कुपिण्डे नगरपालिका–१, स्थित नाम्रा गाउँको यातायातसँगको सम्पर्क टुट्ने गरेको छ । हिउँदमा चिण्डा भिरेर जसोतसो यातायातको पहुँचमा नाम्रावासी आउँछन् । गाउँको पारिपट्टीबाट छिन्चु–जाजरकोट सडकखण्डमा नियमित गाडी चल्छन् । तर नाम्रावासीका लागि वर्षायाममा त्यो यातायात सेवा भने आकाशको फलजस्तै बन्छ, भेरी नदीमा वर्षाले बढाएको पानी सतह नघटेसम्म करीब ६ महिनासम्म नाम्राका स्थानीयवासीका लागि नाकाबन्दी सरहको जीवन गुजार्नुपर्नेहुन्छ । उनीहरु राज्यबाट उपलब्ध हुने सेवा सुविधाबाटै...

भेरी–बबई डाइभर्सन आयोजना  समयमै सकिने सम्भावना
भेरी–बबई डाइभर्सन आयोजना समयमै सकिने सम्भावना

बाँके-  भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना (बिबिडिएमपी)को सुरुङमार्ग निर्माण तोकिएकै अवधिमा सम्पन्न हुने सम्भावना बढेको छ । निर्माणका क्रममा विशेष प्रविधियुक्त टनेल बोरिङ मेशिन (टिबीएम) रेडजोन पार गरेर अघि बढेपछि निर्माण अवधिमै सम्पन्न हुने भएको हो । निर्माणकर्ता चाइना ओभरसियस इञ्जिनियरिङ ग्रुपले निर्माण थालेको सो डाइभर्सनको भौगर्भिक सर्वेक्षणका बेला सुरुङ खन्न निकै कठिन र चुनौतीपूर्ण मानिएको स्थान पार गरेर अघि बढिसकेकाले समयमै निर्माण सम्पन्न गर्न सहज देखिएको आयोजना निर्देशक शिवकुमार बस्नेतले...

जाजरकोटमा पहिरो अपडेट : ७ को शव भेटियो, दुईको खोजी जारी

जाजरकोट, २० श्रावण — अविरल वर्षात्‌का कारण भेरी नगरपालिका–३, ठाँटीबजारमा आइतबार बिहान पहिरो खस्दा पुरिएका ७ जनाको शव निकालिएको छ । उक्त पहिरोमा २ जना अझै पुरिएका छन् । एक सय मिटर माथिबाट आएको पहिरोले स्थानीयका २ वटा घर पुरिएका थिए । जाजरकोटको भेरी नगरपालिका–३ ठाँटीबजारमा आइतबार बिहान गएको पहिरो । तस्बिर स् भीमबहादुर सिंहरकान्तिपुर पहिरोमा पुरिएकातीर्थराज बोहराकी छोरी ५ वर्षीय नज्मा बोहरा,२५ वर्षीय सितला लुहार, ६ वर्षीय सम्झना बिक, ३...

जाजरकोटमा पहिरोले घर पुरिँदा ४ जनाको मृत्यु

जाजरकोट, साउन २० । जाजरकोटमा पहिरोले पुरिएर ४ जनाको मृत्यु भएको छ । भेरी नगरपालिका–३ ठाँटीबजारमा रहेको तीर्थ बोहरा र गोपाल सुनारको घर पहिरोले पुरिएको थियो । पहिरोमा परि तीर्थ बोहराको घरमा डेरा गरी बस्ने लालबहादुर लोहारकी श्रीमती,छोरी र दुई छोराको मृत्यु भएको हो । लालबहादुरको भने उद्धार गरि जिल्ला अस्पतालमा उचार भइरहेको छ । यस्तै, गोपाल सुनारको घरसमेत पुरिएकाले उद्धारकार्य जारी रहेको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए...

जाजरकोटमा गएको पहिरोले तीन घर पुरिए

जाजरकोट, २० साउन । जाजरकोट भेरी नगरपालिका–३ ठाँटीबजारदेखि पानी नाउँला जाने सडकमा आज (आईतबार) बिहान पहिरो जाँदा तीन घर पुरिएका छन् । सदरमुकामको मुख्यबजार रहेको ठाँटीबजारदेखि तल रहेका घर पुरिएपछि अहिले उद्धारकार्य चलिरहेको प्रहरीले जनाएको छ । घरभित्र मानिस रहेको अनुमान गरिएको छ। घटनास्थलमा उद्धारकार्य जारी रहेको प्रहरीले जनाएको छ। गाउँपालिका अध्यक्षद्वारा पहिरो पीडितलाई सहयोग यसैगरी जाजरकोटको जुनिचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसीले पहिरोमा ज्यान गुमाएका आफन्तलाई सहयोग गर्नुभएको छ । जिल्लाको जुनिचाँदे...

बँदेलको बथानले वर्षेवाली नष्ट पारेपछि किसान मर्कामा

सल्यान, १९ साउन ।  जिल्लाका कतिपय स्थानममा बँदेलको बथानले वर्षेवाली नष्ट पारेपछि किसान  मर्कामा परेका छन । वनगाड कुपिण्डे– ९ गिठाचौरका १४५ घरपरिवारले लगाएको धान, मकै, कोदोलगायतका बाली बँदेलले सखाप पारेकाले उनीहरूमा चिन्ता बढेको हो । गाउँ नजिकै रहेको भगवती सामुदायिक वनबाट राति बँदेलको बथान आएर लगाएको बालीनाली सखाप पार्न थालेको छ । भर्खर लगाएको धान तथा मकै बालीमा बँदेलले गरेको उपद्रो देखेर मन थाम्न नसकिएको स्थानीय कृषक डिलबहादुर बोहराले बताउनुभयो...

हिउँदमा जाजरकोट, वर्षामा रुकुममा बास

जाजरकोट, १९ साउन । बर्सेनि वर्षायाम सुरु हुने बित्तिकै पहिरोको डरले ओलगुत्ताकाका बासिन्दालाई घर छाडेर छिमेकी जिल्ला जानुपर्ने बाध्यता छ । स्थानीय नलगाड नगरपालिका–१३ ओलगुत्ताका बासिन्दा वषौँदेखि यसरी नै बसोबास गर्दै आएका हुन् । असार, साउन र भदौ महिनामा करीब ५० घरधुरीका बासिन्दा आफ्नो घर र जग्गा छाडेर जीवन बचाउन रुकुम आठबीसकोट नगरपालिकाको वडा नं ६ मा बस्दै आएका छन् । पानी पर्ने बित्तिकै घरमाथि रहेको ठूलो पहाडबाट ढुंगा खस्ने...