प्रदेश ३मा रहेका समाचारहरु

बुद्द एअरको काउन्टर तोडफोड गर्ने सांसदलाई कारबाही नभए उडान बन्द गर्ने चेतावनी

काठमाडौं । बुद्द एअरको काउन्टर तोडफोड गर्ने सांसदलाई कारबाही नभए उडान बन्द गर्ने चेतावनी दिईएको छ। जनकपुर बिमानस्थलमा बुद्ध एयरको काउन्टर तोडफोड गर्ने राष्ट्रिय जनता पार्टीका सांसद प्रमोदकुमार साहलाई एक हप्ता भित्र कानुनी कारबाही नभए सबै उडान बन्द गर्ने‍ नेपाल वायुसेवा सञ्चालक संघले चेतावनी दिएको छ।उडान ढिला भएको भन्दै तोडफोड गरिएको घटनाप्रति भत्सर्ना गर्दै संघले दोषीलाई तत्काल कारबाही गर्न माग गरेको छ। साहले सोमबार बिहान बुद्ध एयरको जनकपुरस्थित काउन्टरमा तोडफोड...

एनआरएनएको नवौं अन्तर्राष्ट्रिय महाधिवेशन सरगर्मी बढ्दै

काठमाडौं ।एनआरएनएको नवौं अन्तर्राष्ट्रिय महाधिवेशनको रौनक बढेको छ।महिनौं अघिदेखि एनआरएनएको नवौं अन्तर्राष्ट्रिय महाधिवेशनमा महासचिव पदका उम्मेदवारहरुको चर्चा चल्यो । बेलायतका डा.हेमराज शर्मा, अमेरिकाबाट डा.केशव पौडेल, मध्यपुर्वका डम्बरबहादुर (डीबी) क्षेत्री र बेल्जियम निवासी व्यवसायी जानकी गुरुङको नाम चुनावको दुई दिन अघिसम्म महासचिवका लागि चर्चामा रह्यो । अन्ततः सोमबार अध्यक्षका प्रत्यासी कुल आचार्य समूहले जानकी गुरुङलाई महासचिवमा अघि सारेपछि चुनावी रोचकता झनै रोचक बनेको छ । किनभने, वामपन्थी प्यानलका अध्यक्ष कुमार पन्त समूहबाट...

डा.गोबिन्द केसीले दिए पुन:अनशन बस्ने चेतावनी

काठमाडौं । डा. गोविन्द केसी फेरी अनशन बस्ने भएका छन् । उनले आफ्ना माग पूरा नभए कात्तिक १३ गतेबाट अनशन बस्ने बताएका छन् । उनले माग पूरा गर्न कात्तिक ८ गतेसम्म ११ दिने अल्टिमेटम  दिएका छन् ।सोमबार टिचिङ हस्पिटल महाराजगञ्जमा पत्रकार सम्मेलन गरी डा। केसीले आफूसँग सरकारले विगतमा गरेका सम्झौता कार्यान्वयन हुनुपर्ने बताए । उनले भने, ‘सम्झौता धेरै भए, तर कार्यान्वयन भएन ।’ उनले स्वास्थ्य क्षेेत्रमा भएका गल्तीहरुलाई यथाशिघ्र...

चिनियाँ राष्ट्रपति सी चिनफिङ स्वदेश फिर्ता

काठमाडौं ।चिनियाँ राष्ट्रपति सी चिनफिङ स्वदेश फर्किएका छन् । शनिबार अपराह्न ४ः४५ बजे काठमाडौं ओर्लिएका सी आइतबार दिउँसो नेपालको दुईदिने भ्रमण पूरा गरी  सवा २ बजेपछि स्वदेश फर्किएका हुन् ।राष्ट्रपति सीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा राष्ट्रपति विद्यादेवी भण्डारीले विदाई गरिन्। शनिबार राष्ट्रपति भण्डारीले नै समकक्षी सीलाई स्वागत गरेकी थिइन् ।   ...

डिएसपी सिंहद्वारा ठुलो जुवाखालमा छापा,१८ लाखसहित २१ जना पक्राउ

काठमाडौं ।महानगरीय प्रहरी बृत्त बौद्धले ठुलो जुवा खालमा छापा मारेको छ। आरुबारीमा ठुलो जुवा भइरहेको छ भन्ने बिशेष सुचनाका आधार बौद्ध प्रहरी प्रमुख डिएसपी रमेश बहादुर सिंहको कमान्ड गएको टोलीले गए राती १८ लाख ९२ हजार रुपियाँ सहित २१ जना जुवाडे पक्राउ गरेको हो । डिएसपी सिंहका अनुसार जुवाडेहरुका तीन वटा गाडी र चौध थान मोटरसाइकल समेत बरामद गरि बौद्ध बृत्तमा लगिएको छ। हामीलाई आरुबारी बौद्धका रमेश तामाङले घर भाडामा...

चिनियाँ राष्ट्रपति सीलाई नेपाली सेनाले प्रदान गर्यो गार्ड अफ अनर

काठमाडौं ।  चिनियाँ राष्ट्रपति सी चिनफिङलाई नेपाली सेनाले गार्ड अफ अनर प्रदान गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएपछि सीलाई सेनाको एक टोलीले गार्ड अफ अनर प्रदान गरेको हो ।त्यसअघि दुवै देशको राष्ट्रिय गानको धून बजाउँदै नेपाली सेनाले सलामी अर्पण गरेको थियो । अति विशिष्ट पाहुनालाई नेपाली सेनाको टोलीले गार्ड अफ अनर प्रदान गर्ने परम्परा छ । ...

चिनियाँ राष्ट्रपति सी चिनफिङ काठमाडौंमा अवतरण

काठमाडौं ।चिनियाँ राष्ट्रपति सी चिनफिङ काठमाडौं आइपुगेका छन् । राष्ट्रपति विद्यादेवि भण्डारीले चिनियाँ राष्ट्रपति सी चिनफिङलाई स्वागत गरेकी छिन्। त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा समकक्षी राष्ट्रपति सीलाई भण्डारीले स्वागत गरेकी हुन्।नेपालको दुई दिने राजकीय भ्रमणका लागि नेपालमा आएका उनको स्वगतामा प्रधानमन्त्री केपी शर्मा ओली पनि उपस्थित रहेको छन्। चिनियाँ राष्ट्रपति सी साढे चार बजेर १५ मिनेटमा काठमाडौं अवतरण गरेका हुन्। उनी एयर चाइन मार्फत नेपाल आएका हुन्। ...

सीता एयरको जहाजमा चरा ठोक्किएपछि आपतकालीन अवतरण

काठमाडौं ।सीता एयरवेज जहाजले आपतकालीन अवतरण गरेको छ।जहाजको इन्जिनमा चरा छिरेपछि आकस्मिक अवतरण गरेको छ।सीता एयरवेज जहाजको इन्जिनमा चरा छिरेपछि आकस्मिक अवतरण गरेको छ।शनिबार बिहान ९ बजे रामेछापको मन्थली विमानस्थलबाट सोलुखुम्बुस्थित लुक्ला विमानस्थलका लागि उडेको जहाज मन्थलीमा आकस्मिक अवतरण गरिएको हो।मन्थलीबाट उड्नेबित्तिकै जहाजको इन्जिनमा चरा छिरेपछि आकस्मिक अवतरण गरिएको रामेछापका डिएसपी सन्तोषकुमार भट्टराईले जानकारी दिए।जहाजमा १३ यात्रु र ३ कर्मचारी सवार थिए। जहाजभित्रका सबै सकुशल रहेको जिल्ला प्रहरी कार्यलयले...

चिनियाँ राष्ट्रपतिको भ्रमणमा त्रिभुवन बिमानस्थलमा ५४ विमान उडान प्रभावित हुनेे 

काठमाडौं ।चिनियाँ राष्ट्रपति सी जिनपिङको दुई दिने राजकिय नेपाल भ्रमणका क्रममा त्रिभुवन बिमानस्थलमा ५४ विमानको उडान प्रभावित हुनेे भएका छन् । शनिबार  अपराह्न १४ः५५ देखि १७ः२५ बजेसम्म बन्द हुने नोटाम जारी गरिएको छ । शनिबार उडान तथा अवतरण स्थगित हुँदा ३३ वटा उडान तालिका परिवर्तन हुने भएका छन् । उडान तालिका प्रभावित हुने एयरलाइन्समा नेपाल एयरलाइन्सदेखि एयर अरेवियासम्म छन् ।विमानस्थलका अनुसार, तालिका परिवर्तन भएका विमानहरूलाई अन्य समयमा मिलाएर उडाइने छ...