नेपालगन्ज । निर्वाचनमा खटिएका एक जना मतदान अधिकृत आफ्नै ओछ्यानमै मृत अवस्थामा फेला परेका छन् ।
सोलुखुम्बुको नेचासल्यान गाउँपालिका ४ स्थित फुर्के सामुदायिक वन मतदान केन्द्रमा खटिएका ५६ वर्षीय मतदान अधिकृत बिल्टु राय आज बिहान सुतेकै अवस्थामा मृत फेला परेका हन् ।
मतदान अधिकृत राय आज बिहान सुतेकै ठाउँमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । मतदान केन्द्रमै सुतेका रायलाई बिहान ४ बजे अन्य कर्मचारीले उठाउन जाँदा ओछ्यानमै मृत फेला परेको प्रहरीले जानकारी दिएको छ ।
घटना बारे जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले प्रहरी निरीक्षकको नेतृत्वमा अनुसन्धान सुरु गरेको छ ।