नेपालगन्ज । मुस्ताङको निर्वाचन क्षेत्र नम्बर १ का दुवै प्रदेशसभा सदस्यमा पनि कांग्रेसकै उम्मेदवारहरु विजयी भएका छन् ।
प्रदेशसभा (१) मा कांग्रेसका नम्डु गुरुङ र प्रदेशसभा (२) मा विकल शेरचन विजयी भएका छन् । गुरूङले नेकपा एमालेका इन्द्रधारा विष्टलाई पराजित गरेका हुन् भने शेरचनले एमालेकै चन्द्रमोहन गौचनलाई पराजित गरेका हुन् ।
गुरुङले १ हजार ४८ मत ल्याएर प्रदेशसभामा निर्वाचित हुँदा विष्टले ७ सय ९३ मत पाएका थिए । विष्ट निवर्तमान प्रदेश सभा सदस्य पनि हुन् । शेरचनले २ हजार ७२३ मत ल्याउँदा निकटतम् प्रतिद्वन्द्वी गौचनले २ हजार ५६५ मत पाएका छन् । मुस्ताङको प्रतिनिधि सभातर्फ कांग्रेसका योगेश गौचन विजयी भइसकेका छन्।