नेपालगन्ज । बाँके क्षेत्र नम्बर १ मा नेकपा एमालेका सूर्य ढकाल निरन्तर अगाडि छन् । उनले मतान्तर बढाउँदै लगेका छन् ।
जारी मतगणनामा ढकालले १५२२३ मत ल्याएका छन् । उनलाई पछ्याइरहेका नेकपा माओवादी केन्द्रका महेश्वरजंग गहतराजले १३०९८ मत पाएका छन् । उनीहरुको मतान्तर २१२५ छ ।
तेस्रो स्थानमा रहेका नागरिक उन्मुक्ति पार्टीका सुरेशकुमार चौधरीले ७९६८ मत ल्याएका छन् ।