नेपालगन्ज । मधेस प्रदेशमा आइतबारसम्म मन्त्रिपरिषद् विस्तार हुने भएको छ ।
मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले कार्यभार सम्हालेको दुई साता बितिसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णताः पाउन नसकिरहेको अवस्थामा आज उनले आइतबारसम्म मन्त्रिपरिषद् विस्तार भइसक्ने बताएका छन् ।
मुख्यमन्त्री यादवले नेकपा एमाले मधेस प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवलाई भौतिक पूर्वाधार विकास मन्त्रालय, जनमत पार्टीका वसन्त कुश्वाहालाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र जसपाका संजयकुमार यादव आज अर्थ मन्त्रालयको जिम्मेवारी दिएका छन् ।