नेपालगन्ज । सुदूरपश्चिम् सरकारमा नेपाली कांग्रेसबाट प्रदेशसभा सदस्य प्रकाशबहादुर देउवालाई पठाउने तयारी गरेको छ ।
आज दिउँसो मन्त्रीबारे निर्णय लिन बसेको सुदूरपश्चिम कांग्रेस संसदीय दलको बैठकले प्रकाश बहादुर देउवालाई भौतिक पूर्वाधार मन्त्री बनाउने तयारी भएको कांग्रेसका एक नेताले बताए ।
मुख्यमन्त्री कमलबहादुर शाहले आज पद तथा गोनियताको सपथ लिएपछि देउवालाई मन्त्रीमा नियुक्त गर्नेछन् । यसअघि नेकपा एकीकृत समाजवादी पार्टीले प्रदेशसभा सदस्य नरेश शाहीलाई सरकारमा पठाउने निर्णय गरिसकेको छ ।