दैलेख । दैलेखमा दुई बालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ ।
जिल्लाको चामुण्डा बिन्द्रासैनी नगरपालिका–३ स्थित पानिलोलामा सिंचाइका लागि बनाइएको पोखरीमा डुबेर आज दुई बालिकाको मृत्यु भएको जिल्ला प्रहरी दैलेखले जनाएको छ ।
प्रहरीका अनुसार पोखरीमा डुबेर मृत्यु हुनेमा ५ वर्षीय सपना खप्तडी मगर र ८ वर्षीय विपना खप्तडी मगर हुन् ।