नेपालगञ्ज ।बाँकेको कोहलपुर-धामपुर ३३ केभी प्रसारण लाइनको परिक्षणका रुपमा बिहिवारदेखि विद्युत प्रवाह गरिने भएको छ। बाँके जिल्लाको राप्तीसोनारी गाउँपालिका अन्तर्गत राप्ती नदीदेखि धामपुर सबस्टेसन खण्डमा पर्ने कुण्डा, डाडाचेप्री, गुलेरीचोक,ढेलैयाचोक, आलीनगर,गोडधोई, जुरपनिया,धामपुर तथा धामपुर सबस्टेसन भित्रको क्षेत्रमा लाईन निर्माण भइरहेको छ ।
बिहिवारदेखि ११००० भोल्टमा परीक्षण (टेष्टिङ) प्रयोजनको लागि विद्युत प्रवाह हुने भएकाले त्यसमा सचेत रहन प्राधिकरणले अनुरोध गरेको छ । उक्त क्षेत्रको विद्युतीय तार, पोल, स्टे आदिमा चढ्ने, तार छुने कार्य नगर्न र नगराउन हुन नेपाल विद्युत प्राधिकरण, प्रदेश नं।५, प्रदेश डिभिजन कार्यालय, नेपालगञ्जले अनुरोध गरेको हो ।
सूचनाको गम्भीरतालाई ध्यान नदिई कुनै अप्रिय घटना हुन गएमा नेपाल विद्युत प्राधिकरण जवाफदेही नहुने व्यहोरा समेत समेत जनाएको छ ।