बेल्जियम । आपसी सद्भाव र भाईचारा, पूर्बेली समाजको मुख्य नारा सहित कोशाी पूर्व घरभै बेल्जियममा बसोवास गर्ने नेपालीहरुको संस्था पूर्बेली समाज बेल्जियमले सोमबार, लेभेन शहरमा समर बार्बेक्यूको आयोजना गरेको छ ।
समाजका अध्यक्ष गोपाल दाहालका अनुसार उक्त कार्यक्रम एक आपसमा भेटघाट तथा सुख दुख आदान प्रदान गर्नुका साथै कार्यक्रमबाट बचत भएको सानोतिनो रकमले नेपालका गरिब तथा असहाय बालबालिकाहरुको शिक्षा तथा स्वास्थ्यमा सहयोग गर्ने उद्धेश्यले आयोजना गरेको बताए ।
समाजका महासचिब बुद्धि बरालले यो कार्यक्रम एक आपसमा सामाजिक सद्भावलाई कायम गर्न र कार्यक्रमबाट बचेको रकमले सामाजिक कार्य गर्ने बताए ।
कार्यक्रममा गैरआवासीय नेपाली संघ बेल्जियमका नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान पनि गरिएको थियो ।
कार्यक्रम महिला, पुरुष तथा बालबालिकाहरुलाई मनोरन्जन प्रदान गर्न कुर्सी दौड लगायत अन्य रोचक खेलहरु खेलाइएको थियो ।
कार्यक्रममा बेल्जियम स्थित विभिन्न सामाजिक संघसंस्था एवम् महिला पुरुषहरुको उल्लेख्य सहभागिता थियो ।