इलाम । निर्वाचन आयोगले आज उम्मेदवारको विरोधमा उजुरी दिन सकिने कार्यतालिका बनाएको छ । आज उम्मेदवारको विरोधमा उजुरी दिने, मनोनयनपत्र तथा उजुरी उपर छानबिन गर्ने र उम्मेदवारको नामावली प्रकाशित गर्ने आयोगले जनाएको छ ।
आयोगका अनुसार आज उम्मेदवारको विरोधमा उजुरी दिने, मनोनयनपत्र तथा उजुरी उपर जाँचबुझ गर्ने र उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यसूची रहेको छ ।
त्यसैगरी चैत २७ गते उम्मेदवारको नाम फिर्ता लिने र सोही दिन नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरिने आयोगले जनाएको छ । आगामी वैशाख १५ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ ।
चैत २४ इलाम-२ मा २० जनाले उम्मेदवारी दिएका छन् । जसमा १२ राजनीतिक दलका र ८ स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दिएका हुन् । बझाङ-१ (१) मा १२ जनाले उम्मेदवारी दिएका छन् ।