काठमाडौं । आगामी वैशाख १५ गते उपनिर्वाचनका लागि नेपाली कांग्रेसले दुई जनालाई चुनाव परिचालन संयोजक तोकेको छ ।
इलाम-२ को उपनिर्वाचनका लागि कांग्रेसले महामन्त्री विश्वप्रकाश शर्मालाई संयोजक तोकेको हो । त्यस्तै बझाङका लागि नेता एनपी साउदलाई संयोजक तोकिएको नेपाली कांग्रेसले जनाएको छ ।
कांग्रेसबाट इलाम-२ मा इलाम सभापति डम्बरबहादुर खड्का र बझाङबाट स्व. पृथ्वीबहादुर सिंहका छोरा अभिषेक सिंह उम्मेदवार छन् । बझाङ-१(१) मा पृथ्वीबहादुर सिंहको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।
त्यसैगरी इलाम- २ मा नेकपा एमालेमा उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि उपनिर्वाचन हुन लागेको हो ।
इलाम-२ मा २० जना र बझाङमा १२ जनाले उम्मेदवारी दिएका छन् ।