काठमाडौं । आगामी नेपाल पत्रकार महासंघको निर्वाचन यही जेठ २६ गते हुने भएको छ । महासंघको केन्द्रीय समिति बैठकले जेठ १९ गते निर्वाचन गर्ने तय गरेपनि गएरातिको महासंघको २७ औं महाधिवेशनको बन्दसत्रको छलफलबाट निर्वाचन जेठ २६ गते गर्ने निर्णय गरेको हो ।
महाधिवेशनको बन्दसत्रमा सहभागी प्रतिनिधिहरुले निर्वाचनलाई केही पछि सार्न माग गर्दा महासंघले जेठ २६ मा केन्द्र, प्रदेश, जिल्ला र प्रतिष्ठान शाखाको एकैसाथ निर्वाचन गर्ने निर्णय गरेको महासचिव रोशन पुरीले जानकारी दिएका छन् ।
महासचिव पुरीका अनुसार देशभरका सबै नयाँ तथा शुद्धिकरण गर्नुपर्ने सदस्यहरुको टुंगो एक हप्ताभित्रै लाग्ने भएको छ ।
देशभरका पत्रकारको छाता संगठन पत्रकार महासंघमा नयाँ नेतृत्वका लागि गरेक ३ वर्षमा निर्वाचन हुने गरेको छ ।