काठमाडौं । काठमाडौंबाट रसुवा स्याप्रुङबेँसीका लागि उडेको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएको छ । हेलिकप्टर नुवाकोटको शिवपुरी गाउँपालिकामा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । हेलिकप्टर शिवपुरी-७ सुर्यचौर डाँडामा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
उक्त हेलिकप्टरमा क्याप्टेनसहित ५ जना सवार थिए । हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए । हेलिकप्टरमा सवार अन्य चार जना चिनियाँ पर्यटकमा जुदाड टाङ (पुरुष), जी लि (पुरुष), यियाद वु –महिला) र जेमिङ सी (पुरुष) रहेका छन् । उनीहरु सबैको मृत्यु भएको छ ।
हेलिकप्टर एयरपोर्टबाट उडेको ३ मिनेटमै सम्पर्कविहीन भएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए ।
