नेपालगञ्ज । नेपाली कांग्रेस बाँकेले पूर्व कोषाध्यक्ष अच्युत प्रसाईंको निधनमा दुःख ब्यक्त गरेको छ । सभापति नारायण प्रसाद गौडेलले आज एक शोक बक्तब्य जारी गर्दै पूर्व कोषाध्यक्ष प्रसाईंको निधनले दुःखित र स्तब्ध बनाएको उल्लेख गरेका छन् । दिवंगत आत्माकोे चीर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरिएको छ । नेपालगञ्जका प्रतिष्ठित व्यवसायी प्रसाईंको उपचारका क्रममा हिजो निधन भएको थियो । प्रसाईं नेपालगञ्ज उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष एवम् नेपाल उद्योग बाणिज्य महासंघका पूर्व केन्द्रिय सदस्य पनि थिए ।