नेपालगन्ज । गाडी दुर्घटनामा गम्भीर घाइते भएका नेकपा माओवादी केन्द्रबाट निर्वाचित गाउँपालिकाका उपाध्यक्षको मृत्यु भएको छ ।
सोमबार दिउँसो सुर्खेतदेखि नेपालगन्ज आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख १०११ नम्बरको फोर्स गाडी दुर्घटना हुँदा हुम्लास्थित सर्केगाड गाउँपालिकाका ३९ वर्षीय उपाध्यक्ष चन्द्रसिंह कार्कीको उपचारका क्रममा नेपालगन्जको भेरी अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
उपाध्यक्ष कार्की सवार उक्त फोर्स गाडी सुर्खेतको भेरीगंगा नगरपालिका-५ एमाले मोडमा दुर्घटना हुँदा २१ जना घाइते भएका थिए । उपाध्यक्ष कार्कीको उपचारका क्रममा आज बिहान २ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।