नेपालगन्ज । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले नेपालगन्ज रंगशालाको अवलोकन गरेका छन् ।
आज बिहान रंगशाला पुगेर अवलोकन गर्दै प्रचण्डले नेपालगन्ज रंगशालाको पश्चिम नेपालकै खेलकुद क्षेत्रको विकासमा अहम् भूमिका खेलेको र यस रंगशाला खेल क्षेत्रका लागि महत्त्वपूर्ण रहेको बताए ।
कर्णाली प्रदेशस्थित सुर्खेतमा आयोजना हुन लागेको १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता नजिकिँदै गर्दा प्रचण्डले त्यहाँ हुने केही खेलहरु नेपालगन्ज सुर्खेतदेखि नजिक भएकाले नेपालगन्ज रंगशालाको पनि उपयोग गरेर फाइदा लिनुपर्ने बताए ।
माओवादी केन्द्र नेतृत्वको सरकारमा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) रहेका बेला नेपालगन्ज रंगशालामा पूूर्वाधार निर्माणले गति लिएको स्मरण गराउँदै प्रचण्डले नेपालगन्ज रंगशाला आफ्ना लागि विशेष महत्त्वको रहेको बताए ।
नेपालगन्ज रंगशाला अवलोकनका क्रममा प्रचण्डसँँगै माओवादीका नेता शक्ति बस्नेत, पूूर्व खेलकुद मन्त्री अथक लगायतको उपस्थिति रहेको थियो । शनिबार मात्रै प्रचण्डसहितको टोली राष्ट्रिय खेलकुद प्रतियोगिता हुने स्थान सुर्खेत पुगेर अवलोकन गरेर नेपालगन्ज फर्किएको थियो ।