नेपालगन्ज । वडा प्रहरी कार्यालय नेपालगन्जले पौने १२ बढीको अवैध मोबाइल डिस्प्ले बरामद गरेको छ ।
अवैधरुपले भन्सार छ्ली गरेर भारतबाट नेपालगन्ज भित्र्याइएको ११ लाख ८८ हजार रुपैयाँ बराबरको १ हजार ८० पिस मोबाइल डिस्प्ले आज वडा प्रहरी प्रमुख प्रहरी निरीक्षक अरुण बमको टोलीले नेपालगन्ज-४ सल्यानीबाग नजिकबाट बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।
बरामद गरिएका मोबाइल डिस्प्लेलाई आबश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार बुझाइएको बाँके प्रहरीले जनाएको छ ।