नेपालगन्ज । बाँकेको कोहलपुरमा एक युवकको टाउको बिनाको शव फेला परेको छ ।
कोहलपुर नगरपालिका वडा नम्बर ८ मा स्थानीय ४० वर्षीय चन्द्रबहादुर कामीको टाउको बिनाको शव फेला परेको बाँकेका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक यामबहादुर बुढा मगरले बताए ।
मगरका अनुसार आइतबार बिहान पौने २ बजेतिर टाउको बिनाको शव फेला परेपछि अनुसन्धान गर्दै जाँदा बिहान मात्रै हत्या गरिएका व्यक्तिको पहिचान खुलेको बताए । सूचना पाए लगतै घटनास्थलमा खटिएर अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
इलाका प्रहरी कार्यालय कोहलपुरका निमित्त प्रमुख प्रहरी निरीक्षक राजकुमार भट्टले बंगलाटोल भित्री सडकखण्ड अन्तर्गत सरस्वती टोल नजिकै टाउको बिनाको शव फेला परेको र थप अनुसन्धान भइरहेको बताए ।
प्रहरी निरीक्षक भटट्का अनुसार हत्या गरिएका व्यक्तिले सामान्य मजदुरी गरी जीवनयापन गर्दै आएको खुलेको छ ।