कोहलपुर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेले व्यवसायीबाट जग्गा सहयोग लिनु आश्चर्यको विषय नभएको बताएका छन् ।
कोहलपुरमा आज कार्यकर्तालाई सम्बोधन गर्दै महासचिव पोखरेलले व्यवसायी मिनबहादुर गुरूङले १० रोपनी १४ आना जग्गा सहयोग गर्न चाहेपछि एमालेले सहर्ष स्वीकार गरेको बताए । ´उहाँले एमालेलाई पार्टी कार्यालय बनाउने जग्गा दिन इच्छा जाहेर गर्नुभयो,' महासचिव पोखरेलले भने,´हाम्रो सचिवालयको बैठकले जग्गा सहयोग स्वीकार गर्ने निर्णय गरेकाले लिएका हौँ ।`
गुरूङसँग जग्गा सहयोग लिँदा कुनै अदृश्य सम्झौता नगरेको दावी गर्दै महासचिव पोखरेलले गुरूङ जोडिएको ललिता निवास प्रकरणसँग एमालेले लगेको कीर्तिपुरको जग्गाको कुनै साइनो नभएको बताए । एमालेलेलाई कमजोर बनाउन चाहने तत्वले जग्गा सहयोग लिएको बिषयलाई अनावश्यकरूपमा गलत प्रचार गरेको पोखरेलको भनाई छ ।