काठमाडौं । सर्वोच्च अदालतले दीपक मनाङेलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको छ ।
गण्डकी प्रदेश सांसद दीपक मनाङे उर्फ राजिब गुरुङलाई आज सर्वोच्चका न्यायाधीश टेकप्रसाद ढुंगाना र डा. नहकुल सुवेदीको इजलासले २०६१ को घटनामा दोषी ठहर गरेको हो ।न्यायाधीशद्वय सुवेदी र ढुंगानाको इजलासले यसअघिको उच्च अदालत पाटनको फैसलालाई सदर गर्दै ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको हो । उक्त मुद्दामा २०७८ सालमा पाटनले मनाङेलाई दोषी ठहर गर्दै ५ वर्षको जेल सजाय सुनाएको थियो । सर्वोच्चले पाटनकै आदेशलाई सदर गर्दै दोषी ठहर गरेको हो ।
मिलन चक्रेलाई २०६१ सालमा तरवार आक्रमण गरेको अभियोगमा दीपक मनाङेसहितका अन्य युवाहरुविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको थियो ।