सुर्खेत ।सुर्खेतमा जिप दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ। दुर्घटनामा अन्य ४ जना घाईते भएका छन् ।
सुर्खेतको गल्छेनामा आज जिप दुर्घटना मृत्यु हुनेमा बाँकेको वैजनाथ गाउँपालिका३ का ४२ वर्षीय खड्गबहादुर बीसी, उनकी ३९ वर्षीया श्रीमती गोमा बीसी र सुर्खेत घर भएका ५० वर्षीय देबबहादुर खड्का रहेको सुर्खेत प्रहरीले जानकारी दिएको छ।
दैलेखको धरमपोखराबाट सुर्खेत तर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२–००१ ज ०००७ नम्बरको जिप वीरेनद्रनगर नगरपालिका १५ राउटे गल्छेनामा अनियन्त्रित भई सडकदेखि ४ सय मिटर तल खसेर दुर्घटना हुँदा तीनै जनाको घट्नास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ ।घाइतेको सुर्खेतमा उपचार भइरहेको छ।