नेपालगञ्ज । पत्रकार निशा शाहकी सासुआमाको निधनप्रति पत्रकार सम्बद्ध संघसंगठनले दुःख ब्यक्त गरेका छन् । नेपाल पत्रकार महासंघ बाँके र नेपाल प्रेस युनियन बाँकेले आज छुट्टाछुट्टै शोक बक्तब्य निकालेर हिमालय टेलिभिजनमा कार्यरत पत्रकार, नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ५ डिएसपीरोड (साईबाबा मार्ग) निवासी निशा शाहकी सासुआमा इन्दिरा शाहप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् । शाहको पुस १६ गते दुःखद् निधन भएको थियो ।
नेपाल पत्रकार महासंघ बाँकेका सचिव कृष्ण वलीले शाहको निधनको खबरले नेपाल पत्रकार महासंघ बाँके शाखा स्तब्ध र मर्माहत भएको उल्लेख गरेका छन् । "दुःखको यस घडीमा स्वर्गीय शाहप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चीरशान्तिको कामना गर्दछौं," शोक बक्तब्यमा भनिएको छ-"नेपाल पत्रकार महासंघ बाँके शाखा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछ ।"

युनियन बाँकेका सचिव भिष्म लोधले पनि शोक बक्तब्य जारी गरेर दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै शोकाकूल परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् । निशा नेपाल पत्रकार महासंघ बाँके शाखाकी साधारण सदस्य र नेपाल प्रेस युनियन बाँकेकी जिल्ला उपाध्यक्ष हुन् । स्वर्गीय शाह छातीको समस्याबाट पीडित रहेको बताइएको छ ।
