नेपालगञ्ज । दाङको तुलसीपुरमा बसको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर–५ निवासी ३९ बर्षीया तिर्सना घर्ती मगर रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । तुलसीपुर बजारबाट बसपार्कभित्र जाँदै गरेको लुम्बनी प्रदेश ०२००१ ख ००४४ नम्बरको बसले ठक्कर दिँदा गम्भीर घाइते भएकी घर्तीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारकै क्रममा मृत्यु भएको हो ।
प्रहरीका अनुसार बसपार्क तल्लो पिपलबोट नजिकै बाटो काट्दै गरेको अवस्थामा आज दिउँसो पौने २ बजेको समयमा बसले ठक्कर दिएको हो । ठक्कर दिने बससहित चालक ४१ बर्षीय खिमराज वलीलाई इलाका प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।।