नेपालगन्ज । नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्तामा डीआईजी दिनेश कुमार आचार्य तोकिएका छन् ।
प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयमा रहेका डीआईजी आचार्य आज नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता तोकिएका हुन् ।
नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रूपमा सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्नका लागि आचार्यलाई प्रहरी प्रमुख बसन्त बहादुर कुँवरले केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी दिएका हुन् ।
उनलाई सम्पर्क गर्नु परेमा ९८५१२९२१११ र इमेल spokesperson@nepalpolice.gov.np मा सम्पर्क गर्न सकिने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।