नेपालगञ्ज । भ्रष्टाचार बिरुद्ध छैटौं राष्ट्रिय युवा सम्मेलन नेपालगञ्जमा हुने भएको छ । बास नेपालको आयोजनामा सम्मेलन भोलि हुने भएको हो । सम्मेलनमा ७७ जिल्लाका युवाहरुको सहभागिता रहनेछ । सम्मेलनलाई राष्ट्रिय सूचना आयोगका पूर्ब प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटा, भ्रष्टाचार बिरुद्धका अभियन्ता केदार खडकाले सम्बोधन गर्ने भएका छन् ।
७७ वटै जिल्लाका ५०० बढी युवाहरुको सहभागितामा सम्पन्न हुने कार्यक्रममा भ्रष्टाचार बिरुद्ध बिशेष अनुभव संगालेका व्यक्तिहरुको मन्तव्यका साथै ७ वटै प्रदेशबाट प्रतिनिधित्व गर्ने भ्रष्टाचार बिरुद्धका युवा अभियन्ताहरुको मन्तव्य रहनेछ ।सम्मेलनमा खुल्ला छलफललाई बढी महत्व दिइनेछ ।
जस अन्तरगत सूचनाको हक प्रबद्र्धनमा युवाको भूमिका, भ्रष्टाचार बिरुद्ध युवाहरुको भूमिका र सदाचार प्रबद्र्धनमा युवाको भूमिका लगायतका विषयमा छलफल गरिनेछ । खुल्ला छलफल पश्चात सदाचार प्रबद्र्धन तथा भ्रष्टाचार न्यूनीकरणका लागि देशैभरीका युवाहरुको सुझावको आधारमा साझा धारणा तय गरी नेपालगञ्ज घोषणा-पत्र २०८१ जारी गरिने बास नेपालका सूचना अधिकारी हेमराज भट्टले बताए ।