सल्यान । चट्याङ्ग लागेर सल्यान कुमाख गाउँपालिका ३ चिनाली की ६ वर्षिय हिमानी रानाको ज्यान गएको छ । कुमाख गाउँपालिका ३ नं. वडाका वडा सदस्य ३६ वर्षिय अतिराम रानाकी ६ वर्षिया छोरी रानाको आज विहान सवा दश वजे परेको चट्याङ्ग लाग्दा ज्यान गएको छ भने पाँच जना घाईते भएका छन् । चट्याङ्ग लागेर गम्भिर भएकी रानाको उपचारका लागि जिल्ला अस्पताल उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
चट्याङ्ग लागेर सोही गाउँपालिका वडा नम्वर ३ का सदस्य २६ वर्षिय अतिराम राना, ३० वर्षिया दिपा राना, छोरा ८ वर्षका ८ वर्षिय यमराज राना, २६ वर्षिय भाई टेकवहादुर राना, र भतिजो २३ वर्षिय रणसिह राना घाईते भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायव उपरिक्षक ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो। उहाका अनुसार घाईते सवैको उपचार जिल्ला अस्पताल सल्यानमा भैरहेको छ । उनिहरुको अवस्था सामान्य रहेको छ ।