एजेन्सी । इरानी राष्ट्रपति हसन रोहानीका भाइलाई बुधबार जेल चलान गरिएको छ ।
विभिन्न भ्रष्टाचार काण्डमा संलग्न रोहानीका भाइ हुसेन फेरेडोउनलाई ५ वर्षका लागि जेल चलान गरिएको हो । अदातलले उनलाई सुरुमा ७ वर्षको जेल सजाय सुनाएको थियो । तर पछि उक्त सजायलाई ५ वर्षमा झारिएको थियो ।
अदालतले फरेडोउनबाट विगो स्वरुप ३१० मिलियन रियल तिराउन समेत भनेको छ ।
फेरेडोउन पूर्व कुटनीतिज्ञ समेत हुन् । उनले राष्ट्रपति रोहानीलाई नजिकबाट सहयोग गर्दै आएका थिए । शक्तिराष्ट्र र इरानबीच भएको आणविक सम्झौतालाई निष्कर्षमा पुर्याउन समेत फेरेडोउनले महत्वपूर्व भूमिका खेलेका थिए ।
तर सन् २०१७ जुलाई ५ मा फेरेडोइनलाई भ्रष्ट्राचारसम्बन्धी छानबिनका क्रममा पक्राउ गरिएको थियो । गत मे महिनामा इरानी अदालतले उनीविरुद्ध जेल सजाय सुनाएको थियो ।