गोरखा । बलात्कार गरेको आरोपमा गोरखामा एकजना वडाध्यक्ष पक्राउ परेका छन् ।चौध वर्षीया किशोरीलाई बिहे गर्छु भन्दै यसअघि पनि पटक–पटक जबरजस्ती करणी गरेको आरोपमा पालुङटार नगरपालिका वडा नम्वर ४ का वडाध्यक्ष ठाकुरकान्त रानाभाटलाई प्रहरीले पक्राउ गरेको हो।पीडित बालिकाका अभिभाबकले सो कुरा थाहा पाएपछि प्रहरीमा जाहेरी दिएका थिए। सोमबार पक्राउ परेका रानाभाट सग अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।