नेपालगन्ज । बुटवलमा थप एक जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । धागो कारखाना स्थित कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका बुटवल १० का ६९ वर्षीय पुरुषको शनिबार बिहान १ बजे मृत्यु भएको हो ।
उनमा ज्वरो स्वासप्रश्वासमा समस्या र निमोनिया देखिएको कोभिड अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले जानकारी दिए । उनी भदौ २२ गतेदेखि कोरोना अस्पतालका सघन उपचार कक्षमा उपचाररत थिए ।