नेपालगञ्ज । सशस्त्र प्रहरीले नेपालगञ्जको सिमा नाकाबाट अवैध सामाग्री बरामद गरेको छ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १५ टंकपसेरी नजिकै दशगजाबाट नेपालतर्फ सामान ल्याउँदै गरिएको सुर्तीजन्य सामाग्री, औषधी , डिजल लगायत अन्य सामाग्री बरामद गरेको हो ।सशस्त्र प्रहरीलाई देख्नासाथ सामान छोडेर सामान ल्याउने व्यक्ति भागेका थिए ।
सशस्त्र प्रहरी बल विओपी जमुनाहा भन्सारबाट सशस्त्र प्रहरी सहायक निरीक्षक सन्तोष कुमार शर्माको कमाण्डमा खटिएको गस्ती टोलीले मंगलबार विहान ११ बजे अवैध सामग्री बरामद गरेको हो ।
बरामद गरिएको सामग्रीको मूल्य ६२ हजार ४०२ रुपैयाँ रहेको सशस्त्र प्रहरीले जनाएको छ । बरामद गरिएका सामान आवश्यक कारवाहीका लागि भन्सार कार्यालय पठाइएको छ ।