जाजरकोट । जुनीचाँदे गाउँपालिका १, औलभीरमा भे १ ज ९३५ नं.को जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।
जुनीचाँदे गाउँपालिका–११, का वडाध्यक्ष अमरबहादुर शाही, महेन्द्र माध्यमिक विद्यालय कोर्ताङका विद्यालय व्यवस्थापन समिति अध्यक्ष कृतिबहादुर शाही, कोर्ताङकै गर्खाकोटका अहेब खेमराज शाही, जुनीचाँदे–५, जजायका गर्खाकोटका अहेब कृष्णबहादुर शाही, सोही वडास्थित मटेलाकी मालिका बस्नेतको मृत्यु भएको जाजरकोटका प्रहरी प्रमुख डिएसपी किशोर कुमार श्रेष्ठले बताए ।
अर्का एकजनाको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ। जीप सडकदेखि करिब ५०० मिटर तल औलखोलामा जीप खसेको छ ।