काठमाडौं । नेपाली कांग्रेसका नेता मो. अफ्ताब आलमलाई जेल चलानको आदेश सगै गएराती काठमाडौं ल्याइएको छ । उनलाई ललितपुरस्थित नख्खु कारागारमा राखिएको छ । १२ वर्षअघि बम विस्फोट एवं ईंटाभट्टामा जिउँदै मानिस जलाएको आरोप लागेका आलमलाई शुक्रबार जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । अदालतको आदेशपछि उनलाई गाडीमा हालेर राति एक बजेतिर नख्खु कारागारमा ल्याइपुर्याइएको हो ।सुरक्षाको नजरअन्दाज गर्दै उनलाई काठमाडौं सारिएको हो।