नेपालगन्ज ।आजदेखी कक्षा १२ को परिक्षा सुरु भएको छ। कोरोना भाइरस महामारीका कारण गत वैशाखमा हुन नसकेको परीक्षा आजबाट सुचारु भएको छ । राष्ट्रिय परीक्षा बोर्डले देशभरका ४ लाख ३२ हजार ५ सय विद्यार्थीहरुको परीक्षा भौतिक उपस्थितिमै लिन लागेको हो ।
बिहान ८ बजेबाट सुरु परीक्षा साढे एक घण्टाको हुने छ । बोर्डले यस पटक ४० प्रतिशत अंकका लागि मात्र परीक्षा लिन लागेको हो । थप ४० प्रतिशत अंक कक्षा ११ को र २० प्रतिशत अंक कक्षा १२ को आन्तरिक मूल्यांकनबाट जोडिने भएको छ ।
बाँकेमा पनि कक्षा १२ को परिक्षा शान्तपुर्वक चलिरहेको छ। बाँकेका सबै परीक्षा केन्द्रहरुमा पूर्णरुपमा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाइएको छ । परीक्षार्थीहरुबीच कम्तीमा दुई मिटर दुरी कायम गरी एउटा कोठामा २० जनासम्म मात्र राखिएको छ ।
परीक्षा केन्द्रमा सेनिटाइजरको समेत व्यवस्था गरिएको छ।कक्षा १२ को परीक्षा मंसिर १६ गते सकिने छ ।