काठमाडौं । विमास्थलमा भएको विष्फोटमा कम्तीमा २२ जनाको ज्यान गएको छ भने ५० भन्दा बढी घाइते भएका छकन् । दक्षिणी यमनको अडेन शहरमा रहेको विमानस्थलमा विष्फोट भएको हो ।
विस्फोट लगत्तै साउदी अरेबिया समर्थित नव गठित सरकारका मन्त्रीहरु सवार विमान अवतरण गराइएको थियो । विमान सुरक्षित रहेको त्यहाँको सरकारले जनाएको छ । विस्फोटको हालसम्म कसैले जिम्मा नलिए पनि लामो समयदेखि सशस्त्र द्वन्द्वमा रहेको विद्रोही समूहको संलग्नता रहेको यमनी सूचनामन्त्री मोहम्मर अल–एरियानीले बताएका छन् । उनले इरान समर्थित होथी विद्रोहीको संलग्नता रहेको आरोप लगाएका छन् । सो आक्रमणको केही समयपछि राष्ट्रपति भवन नजिकै अर्को विस्फोट भएको बताइएको छ ।
प्रधानमन्त्री मइन अब्दुमालिक लगायत मन्त्रिपरिषद सहस्यहरु र यमनका लागि साउदी राजदूतहरुलाई सुरक्षित रुपमा राखिएको स्थान नजिकै दोस्रो विस्फोट भएको बीबीसीले लेखेको छ ।हाम्राकुराबाट।