काठमाडौं । निबर्तमान मन्त्री गोकर्ण बिष्ट सिंहदरबारबाट ट्याक्सी चढेर सामाखुशी घरतर्फ गएका छन्। रामेश्वर राय यादव श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा नियुक्त भएपछि उनले आफुले चढदै आएको गाडी बुझाएर ट्याक्सीमा सरर घर गएका हुन् ।मन्त्री यादबलाई बधाई तथा कार्याकालको शुभकामना दिदै निबर्तमान मन्त्री बिष्ट सिंहदरबारबाट पैदल हिंडेेेर गेट अगाडि गुडिरहेको ट्याक्सी रोकेर चढेका हुन् ।उनलाई नेकपामा एक सरल नेताका रुपमा चिनिदै आएको छ।