नेपालगन्ज। नेकपा माओवादी केन्द्रले प्रदेश १ सरकारका आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बुहाङलाई सांसद पदबाट हटाएको छ । संसदीय दलको नेतृत्व छाडेर एमाले प्रदेश गर्दै मन्त्री बनेका आङ्बुहाङलाई माओवादी केन्द्रले सांसद पदबाट हटाएको हो ।
सांसदबाट हटाएको जानकारी आजै प्रदेशसभालाई जानकारी दिने माओवादी केन्द्रले जानकारी दिएको री छ । ‘पार्टीले उहाँलाई पदमुक्त गरिसकेको छ,’ माओवादी केन्द्र संसदीय दलका नेता इन्द्र आङ्बोले भने, ‘पदमुक्त गरेको पत्र तयारी छ, आजै प्रदेशसभामा जानकारी गराउँछौं ।
’दल त्याग गर्दै वर्तमान प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्री बनेका प्रदेशसभा सदस्य टंक आङ्बुहाङलाई चैत १७ गते नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलले २४ घण्टे स्पष्टीकरण सोधेको थियो । तर उनले स्पष्टीकरण बुझाएनन् । स्पष्टीकरण नबुझाएपछि पार्टीले पदमुक्त गरेको हो ।