नेपालगन्ज । नेकपा माओवादी केन्द्रले ४ जना सांसदलाई बर्खास्त गरेको छ ।
प्रदेश नम्बर २ का ४ जना सांसदलाई बर्खास्त गरेको पत्र नेकपा माओवादी केन्द्रले प्रदेश सभालाई बुझाएको छ ।
उनीहरु नेकपा एमालेमा लागेको भन्दै माओवादी केन्द्रीय कार्य समितिले रामचन्द्र मण्डल, ज्वाला साह, कुन्दनप्रसाद कुशवाहा र मोहम्मद समीरसँग स्पष्टीकरण सोधेको थियो ।
२४ घण्टाभित्र स्पष्टीकरण सोधेपनि नदिएका कारण उनीहरुलाई बर्खास्त गरिएको पार्टी स्रोतले जनाएको छ ।