घोराही दाङ्ग । लुम्बिनी प्रदेशमा जेठ १७ गते हुने राष्ट्रिय सभा सदस्य चयनका लागि हुने निर्वाचनमा सत्तारूढ दल नेकपा एमाले एक्लै र नेपाली कांग्रेस, नेकपा माओवादी (केन्द्र), राष्ट्रिय जनमाेर्चा, जनता समाजवादी पार्टी(उपेन्द्र पक्ष)काे गठवन्धन चुनावी मैदानमा उत्रिएका छन ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा (उपेन्द्र पक्षधर) र राष्ट्रिय जनमाेर्चाकाे गठवन्धनबाट दृगनारायण पाण्डे राष्ट्रिय सभा सदस्यकाे उम्मेदवार बनेका हुन । नेकपा एमालेबाट लुम्बिनी प्रदेश सभा सदस्यमा निर्वाचित भएका पाण्डे पछिल्लो राजनीतिक घटनाक्रममा प्रदेश सभा सदस्यबाट राजीनामा दिएका थिए । उनको प्रस्तावकमा नेपाली काँग्रेसका सांसद शंकर गिरी र समर्थकमा नेकपा माओवादी केन्द्रमा इन्द्रजित चौधरी छन ।
नेकपा एमालेकाे तर्फबाट चन्द्रबहादुर खड्काले राष्ट्रिय सभा सदस्य पदका लागि उम्मेदवारी दिएका छन ।