बाग्लुङ । बाग्लुङमा जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ। दुर्घटना बाग्लुङको भीमगिठेमा भएको हो।
जीप गुल्मीको इस्माबाट बाग्लुङको बुर्तिबाङतर्फ जाँदै थियो। इस्मा गाउँपालिका ४ दोहोलीबाट कुलपूजाका लागि बाग्लुङ गएका कार्की खलकहरू चढेको जीप दुर्घटना परेको वडाध्यक्ष गनुप्रसाद आचार्यले जानकारी दिए।
मंगलबार बिहान १० बजेतिर भोलि हुने कुलपूजाका लागि रिजर्भ गरेर ल्याइएको ग १ ज ५२१९ जीप सडकबाट खोलामा खसेको जिल्ला प्रहरी कार्यालय बाग्लुङले जनाएको छ।
प्रहरी निरीक्षक सुरज खड्का नेतृत्व प्रहरी टोली घटनास्थलमा खटिएको छ। खड्काअनुसार घटनामा परी तीन जना घाइते भएका छन्। जीप चालकको पनि मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
थप विवरण आउन बाकी रहेको प्रहरीले जानकारी दिएको छ।