नेपालगन्ज । नेपाली काँग्रेसका युवा नेता तप्त बहादुर विष्टको निधन भएको छ । पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री भइसकेका नेता विष्टको गएराति ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममै निधन भएको नेपाली कांग्रेसले जानकारी दिएको छ।
बिष्टको भेन्टिलेटरमा उपचार भैरहेको थियो । कोरोना पुष्टि भएपछि बिष्टको गत जेठ १६ गतेदेखि कर्णाली प्रदेश अस्पतालमा उपचार हुँदै आएको थियो ।
तर स्वास्थ्यमा सुधार नआएपछि उनलाई थप उपचारका लागि जेठ २६ गते हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो । नेता विष्ट नेपाली काँग्रेस सुर्खेतका पूर्व सभापति समेत हुन् ।