एजेन्सी । एके–४७ राइफलका डिजाइनर मिखाइल क्लास्निकोभको निधन भएको छ। ९४ वर्षका मिखाइलको रुसको उदमुर्तिकास्थित इजेभास्कमा निधन भएको अन्तर्राष्ट्रिय सञ्चारसंस्थाहरुले उल्लेख गरेका छन्।
एके–४७ लाई विश्वमै सबैभन्दा बढी प्रयोगमा आएको मेसिनगनका रुपमा लिईन्छ । दोस्रो विश्वयुद्धपछि अमेरिकासँग शुरु भएको शीतयुद्धका क्रममा रुसले एके–४७ बनाएको थियो।
सन् १९६० को दशकमा चलेको भियतनाम युद्धमा क्लास्निकोभ राइफलले तहल्कै मच्चाएको थियो।