दाङ । दाङ तुलसीपुरको टरिगाउँमा जारी जिल्लाकै सर्वाधिक पुरस्कार राशी भएको खुला फुटबल प्रतियोगिता २०७८ मा बिहिवारदेखि सेमीफाइनलका खेल सुरु हुँदैछ्न् ।
टरिगाउँ युवा क्लब तुलसीपुर १२ को आयोजनामा संचालित प्रतियोगिता अन्तरगत् पहिलो सेमीफाइनल खेलमा ज्ञानज्योती तुलसीपुर र माइलदाई फुटबल क्लब कालितारा भिड्नेछ्न् । खेल दिउँसो दुई बजेपछि सुरु हुनेछ । त्यस्तै शुक्रबार अन्तिम सेमीफाइनल खेलमा बेलुवा फुटबल क्लब र युनाइटेड युथ क्लब तुलसीपुर आमनेसामने हुनेछ्न् । खेल दिउँसो दुई बजे पछि हुनेछ ।
स्थानीय स्तरमा फुटबल खेलको पहुँच अभिवृद्धि गर्ने र खेलाडीको पहिचान तथा विकासमा टेवा पुर्याउने उद्देश्यका साथ आयोजना गरिएको प्रतियोगिताको विजेता टिमले नगद १ लाख १५ हजार ट्रफी, मेडल तथा प्रमाणपत्र हात पार्नेछ । त्यस्तै उपविजेता र तृतीय स्थान हासिल गर्ने टिमले क्रमशः नगद ५० हजार र २० हजार मेडल तथा प्रमाणपत्र हात पार्नेछ्न । त्यस्तै ब्यक्तिगत बिधातर्फ प्रतियोगिता अबधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने उत्कृष्ट खेलाडी, उत्कृष्ट गोल रक्षक र सर्वाधिक गोलकर्तालाई जनही ७ हजार ५ सय नगद पुरस्कारले पुस्कृत गरिनेछ ।