नेपालगन्ज । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले संघीय संसदको चालू अधिवेशनले नेपाल सरकार र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बीच सम्पन्न सहायता सम्झौतालाई अनुमोदन गर्ने प्रस्ट पारेका छन् ।
मन्त्रिपरिषद्ले गत मंसिर ३० गते गरेको निर्णयबारे जानकारी दिने उद्देश्यले बिहीवार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले स्पष्ट शब्दमा भने, ‘संसद आह्वान गरिएको छ, गत संसदमा नै पारित गर्ने भनेर सरकारले प्रस्ताव लिएर गएको थियो । नेपाल र अमेरिकाबीचको सम्बन्ध र आर्थिक सहयोसँग सम्बन्धित भएकाले हाम्रालागि यो ठूलो विषय हो । हामीबीच सम्बन्ध सुदृढ र राम्रो सम्बन्ध छ भन्ने कुरा पनि यससँग जोडिएको छ, त्यसैले यो पारित हुन्छ, पारित गर्नैपर्दछ ।’ गोरखापत्र दैनिकमा खबर छ ।