नेपालगञ्ज । माध्यमिक शिक्षा परीक्षा (एसईई) बैशाख ९ गतेदेखि हुने भएको छ । आज बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले बैशाख ९ गतेदेखि २० गतेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए ।
कोरोना महामारीका कारण पढाई प्रभावित भएकाले बोर्डले नियमित समय भन्दा एक महिना ढिला परीक्षा गर्न लागेको हो । स्थानीय तहको चुनावलाई समेत मध्यनजर गर्दै बैशाख ९ गतेदेखि परीक्षा गर्न लागेको अध्यक्ष शर्माले बताए ।