एजेन्सी । एक जना सोसल मिडिया स्टारसँगको भिडियो कलका कारण पाकिस्तानका रेलमन्त्री शेख रशीदबारे सामाजिक सञ्जालमा चर्चा हुन थालेको छ ।
पाकिस्तानकी सोसल मिडिया स्टार हरीम शाहको ट्विटरबाट बिहीबार रेलमन्त्री शेख रशीद र उनीबीच भएको भिडियो कलको एक फुटेज शेयर भएको थियो । उक्त भिडियोमा हरीमले मन्त्री रशीदले आफूलाई अश्लील भिडियो पठाएको संकेत गरेकी छन् ।
भिडियोमा उनी र रशीदबीच भिडियो कल भएको देख्न सकिन्छ । यसअघि समेत हरीमले रशीदसँग खिचेको एक सेल्फी निकै भाइरल भएको थियो ।
भिडियोमा हरीमले रशीदलाई ‘मैले अहिलेसम्म तपाईंको कुनै राज खोलेकी छैन तर मसँग तपाईं किन बोल्नु हुन्न’ भनेको सुनिन्छ । जवाफमा रशीद भन्छन्- ‘तिमीलाई जे गर्न मन छ गर ।’
त्यसपछि हरीमले भन्छिन्- ‘तपाईंले भन्न खोजेको के हो ? तपाईंले मलाई पठाएका अश्लील भिडियोको बारेमा भुल्नु भयो ?’
जब हरीमले यस्तो कुरा गरेपछि गर्छिन् तब रशीदले कल काटिदिन्छन् । तर हालसम्म उक्त भिडियो सामाजिक सञ्जालमा कसले र कसरी शेयर भयो भनेर पुष्टि हुन सकेको छैन ।
भिडियो शेयर भएको केही समयपछि हरीमले आफ्नो ट्विट डिलिट गरेकी छन् । साथै उनले आफ्नो ट्विटरबाट एक एक भिडियो सन्देश पोष्ट गरेर कसैलाई बदनाम गर्ने आफ्नो मनसाय नभएको समेत प्रस्ट पारेकी छन् ।
हरीम पाकिस्तानकी चर्चित टिकटक स्टार हुन् । उनले बनाएका कैयौं टिकटक भिडियो सामाजिक सञ्जालमा भाइरल बनेका थिए । टिकटकमा प्रयोग हुने अपशब्द वा ‘डर्टी टक’ ले उनी बेलाबेला विवादमा समेत तानिने गर्छिन् ।
हरीमले पाकिस्तानका प्रभावशाली राजनीतिज्ञसँग समेत टिकटक भिडियो बनाएकी छन् । उनले प्रधानमन्त्री इमरान खानसँग उनकै कार्यालयको कुर्चीमा बसेर खिचेको एक सेल्फीलाई लिएर विवाद समेत सिर्जना भएको थियो ।
यता रेलमन्त्री रशीद समेत बेलाबेला विवादमा तानिने गर्छन् । विशेषगरी भारतविरोधी अभिव्यक्तिका कारण उनको चर्चा हुने गर्छ ।