नेपालगञ्ज । बाँकेमा उपचाररत एक पुरुषको कोभिडबाट मृत्यु भएको छ ।
भेरी अस्पताल नेपालगन्जको कोभिड वार्डमा उपचाररत छायाँनाथ रारा नगरपालिका वडा नम्बर ७ मुगुका ५७ बर्षीय पुरुषको आज विहान मृत्यु भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिए ।
फागुन १ गते भेरीमा कोरोना परीक्षण गराउँदा पोजिटिभ रिपोर्ट आएका उनी ४ गते भेरीको कोभिड वार्डमा भर्ना भएका थिए ।
अहिलेसम्म बाँकेमा उपचाररत बाहिरी जिल्लाका ४४९ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने बाँकेका ३५२ जनाको कोभिडबाट मृत्यु भइसकेको छ ।