नेपालगन्ज । बाँकेको कोहलपुर नगरपालिकाको मेयरमा नेकपा (माओवादी केन्द्र) को अग्रता कायमै छ ।
१००० मत गनणा गर्दा माओवादीबाट मेयर उम्मेदवार नरेन्द्र न्यौपानेले ४४२ मत पाएका छन् । त्यस्तै एमालेका खिलप्रसाद भुसालले २७३ र कांग्रेसका पूर्ण आचार्यले २३० मत पाएका छन् ।
यस्तै उपमेयरमा नेकपा एकीकृत समाजबादीकी उपमेयर उम्मेदवार नारायणी वलीले २९९, एमालेकी अस्मिता थारुले २९१ र कांग्रेसकी संगिता सुबेदीले २५१ मत पाएकी छिन् ।