नेपालगन्ज । बाँकेको कोहलपुर नगरपालिकामा नेकपा माओवादीका नरेन्द्र न्यौपानेले अग्रता कायमै राखेका छन् ।
माओवादीका न्यौपाने अहिलेसम्मको मतपरिणाम अनुसार ९६० मतका साथ सबैभन्दा अगाडि छन् । त्यस्तै कांग्रेसका पुर्ण आचार्य ७५१ मतका साथ दोस्रो स्थानमा छन् भने नेकपा एमालेका खिल प्रसाद भुसाल ५७२ मतका साथ तेस्रो स्थामा छन् ।
अहिले कोहलपुर वडा नम्बर १५ को मतगणना भइरहेको छ । मतगणना अनुसार १५ नम्बरमा ४५० मत गन्दासम्म कांग्रेसको ३३६, एमाले ५२ र माओवादीको ३५ मत रहेको छ ।